बैतडी- बैतडीका दुई साहित्यकार हेमबाबु लेखक (राइटरबाजे) र कर्ण दयाल (सोराडी) लाई सुदूरपश्चिमाञ्चल साहित्य समाजले पुरुस्कृत गरेको छ ।
साहित्यकार सोराडीलाई गणेश स्मृति हेमन्ती पुरुस्कार २०८० र लेखकलाई जयराज पन्त लोक साहित्य पुरुस्कार २०८० बाट सम्मान गरिने छ । उनिहरुलाई एक बिशेष कार्यक्रम आयोजना गरि पुरुस्कार वितरण गरिने आयोजकले जनाएको छ । उक्त पुरुस्कारको राशी २५ हजार रकम रहेको छ ।
साहित्य समाजले बद्रीकृष्णा वाङ्मय पुरुस्कार २०८०का लागि प्रा.डा. महादेव अवस्थीलाई छनोट गरेकोछ भने, प्रभास राज्यलक्ष्मी कृति पुरुस्कार २०८० का लागि यज्ञराज उपाध्यायलाई छनोट गरेको छ । उक्त पुरुस्कारको राशी १लाख ११हजार १सय ११ रहेको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले विभिन्न पुरुस्कारका लागि २८जनालाई छनोट गरेको छ । लामो समयदेखी साहित्य क्षेत्रमा क्रियासिल व्यक्तिहरुलाई पुरुस्कारले लेखनमा थप हौशला प्रदान गरेको बताएका छन् ।








