स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पाटन नगरपालिका प्रथम

बैतडी– स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा बैतडीको पाटन नगरपालिका प्रथम भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममार्फत पाटनलाई उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो ।

स्वास्थ्य सेवाका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा दशरथचन्द नगरपालिका दोस्रो र मेलौली नगरपालिका तेस्रो भएका छन् । उत्कृष्ट तीनवटै स्थानीय तहलाई कार्यक्रममा सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका प्रत्येक स्वास्थ्य संस्थाले आर्थिक वर्षभरि प्रदान गरेका स्वास्थ्य सेवाको वडा तथा पालिका हुँदै जिल्ला स्तरमा समीक्षा गरिएको थियो । जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूको प्रगति तथा उपलब्धिको समीक्षा, चुनौती पहिचान, स्वास्थ्य सेवामा पहुँच सुधार, अनुभव आदानप्रदान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले बताउनुभयो ।

समीक्षा कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले आ–आफ्नो पालिकाको स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । स्वास्थ्य सेवाको गुणस्तर र एकरूपता सुनिश्चित गर्दै आगामी दिनमा गर्नुपर्ने कामको योजना निर्माणका विषयमा समेत छलफल गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा दशवटै स्थानीय तहबाट एक÷एक जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा दशरथचन्द नगरपालिकाका विकास भट्ट, मेलौली नगरपालिकाकी बिन्दा साउद, पाटन नगरपालिकाका नरेशबहादुर चन्द र पुर्चौडी नगरपालिकाका गम्भीर धामी रहेका छन् ।

त्यस्तै, डिलासैनी गाउँपालिकाकी प्रगति भट्ट, सुर्नया गाउँपालिकाका आनन्दसिंह बोहरा, पञ्चेश्वर गाउँपालिकाकी पार्वती चन्द, शिवनाथ गाउँपालिकाका जीवन साउद, सिगास गाउँपालिकाकी हन्सा कुमारी बोहरा र दोगडाकेदार गाउँपालिकाकी कुमारी सरस्वती भट्टलाई सम्मान गरिएको छ ।

कार्यक्रमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी मीना अर्यालले स्थानीय तहका स्वास्थ्य शाखाहरूले हरेक वर्ष उस्तै प्रकृतिका कार्यक्रम दोहो¥याउनुभन्दा नतिजामुखी र फरक प्रकृतिका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । वार्षिक समीक्षाले स्वास्थ्य संस्थाको सेवा प्रवाह, उपलब्धि र कमजोरी पहिचान गरी आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

1 Comments Text
  • findrealme says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    https://www.findreal.me : Free science‑backed assessments for personality, career, IQ & EQ. Private instant results. Uncover your true self right now.
  • प्रतिक्रिया छाेड्नुहाेस्