काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा एक सय ८८ सांसदले मतदान गरेका छन् । विपक्षमा ७४ मत परेभने एक मत तटस्थ परेको थियो।
प्रतिनिधिसभाका दुई सय ७५ मध्ये आजको बैठकमा दुई सय ६३ सांसद मात्र मतदानमा सहभागी भएका थिए। प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई आफ्नो पक्षमा बहुमत देखाउन बहुमत अर्थात् कम्तीमा १३८ जनाको समर्थन आवश्यक पथ्र्यो।
कांग्रेससँग नयाँ सत्तागठबन्धन बनाएका ओली संविधानको धारा ७६९२० अनुसार ३१ असारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।
यो धाराअनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार ओलीले आजको प्रतिनिधिसभामा विश्वासको लिएका हुन।











