बैतडीमा बोकाले लडाउदा महिलाको मृत्यु

बैतडी : बैतडीमा बोकाले लडाउदा एक महिलाको मृत्यु मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । 

सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५सय मिटर तल भिरमा लडेकी थिईन।

बोकाले हानेर ५ मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको आफन्त समेत रहेका पत्रकार केशव राज भट्ट ले बताउनु भयो । मृतक भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्