मिसन ८४ लक्षित कार्यक्रम गर्दै बैतडी एमाले


बैतडी : बैतडीमा नेकपा एमालेले मिसन ८४ लक्षित कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्तरगत पार्टीले पालिकास्तरिय प्रशिक्षण कार्यक्रम पनि संचालन गरेको छ ।


प्रशिक्षण कार्यक्रममा कम्युनिस्ट पार्टीको इतिहास, स्थानीयतहको योजना तथा कार्यक्रम छनोट विधि, संगठन व्यवस्थापन, नेपालीको राजनीतिक दलहरुको तुलनात्मक अध्यन तथा शक्ति सन्तुलनको अवस्था, नेतृत्व विकास, महिला अधिकार तथा राजनीतिक उपलब्धि र नेता कार्यकर्ताहरुले अपनाउनु पर्ने  कार्यसैली अचारसहिता र व्यवहार को विषयमा प्रशिक्षण दिइएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मल पाण्डेले जानकारी दिनु भयो ।


पार्टीको केन्द्रिय स्कुल बिभागले तय गरेको पाठ्यक्रम अनुसार अधारभुत तहको अधारमा प्रशिक्षण दिनलागिएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताउनु भयो ।


प्रशिक्षण कार्यक्रममा प्रत्येक वडाका पदाधिकारी, पालिकाकमिटिका पदाधिकारी, पालिका भुगोलका जिल्ला कमिटी सदस्यहरु उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पार्वती भट्टले बताउनु भयो ।


पार्टीले अहिले सम्म दसरथचन्द, मेलौली, पुरचौडी, पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा सप्पन्न गरि आइतबार बाट पन्चेस्वर गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् पन्चेस्वर गाउपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो ।


पन्चेस्वर गाउपालिकामा जिल्ला कमिटी अध्यक्ष नरेस बिक उपाध्यक्ष लोकेन्द्र भण्डारी उपसचिव पार्वती भट्ट सचिवालय सदस्य निर्मल पाण्डे र बिना भट्टले प्रशिक्षण दिनु भएको थियो ।


प्रशिक्षण कार्यक्रम सङ्गै अगामी निर्वाचन २०८४ मा नेकपा एमालेलाइ कसरी पहिलो पार्टी बनाउन सकिने र त्यस्को लागि पार्टी कार्यक्रताहरुले केकसरी आजैदेखी जनतामाझ प्रस्तुत हुने भन्ने विषयमा पनि छ्लफल गरिन लागेको नेकपा एमाले बैतडीकै एक जना नेताले बताउनु भयो ।


प्रतिक्रिया छाेड्नुहाेस्