काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाए संगैँ सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै अनेरास्ववियुले विश्वविद्यालय पदाधिकारीसँग छलफल गर्ने जानकारी दिएको छ ।
१२औं सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न दबाब दिन सर्वपक्षीय छलफल समेत आह्वान गरेको हो ।
अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि २५ र २६ पुसमा तयारी कार्यशाला सञ्चालन गर्ने र कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्षहरू सहभागी हुने जानकारी दिनु् भयो।
बैठकले २०८१ चैत मसान्तभित्र २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । काठमाडौंमा ६, ७ र ८ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गर्ने निर्णय बैठकले गरेको हो ।










