बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले आफ्नो दोस्रो जिल्ला भेला सम्पन्न गरेको छ । जिल्ला समितिमा रिक्त पदहरुमा पदपूर्ती गर्दै जिल्ला भेला सम्पन्न गरेको हो ।
जिल्ला सदरमुकाम गोठलापानी, गढी साहिलेक बजारमा र्याली निकालेर पार्टी कार्यालयमा भेला सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीका सभापती भिम नाथले जानकारी दिनु भयो ।
भेलाले सभापतीमा भिम नाथ, उपसभापतीमा हेमन्त ऐर, सचिवमा हरीश प्रसाद जोशी, सहसचिवमा हिकमत बहादुर कठायत र सदस्यहरुमा मानमती नाथ, सुरेश विष्ट, गणेश भण्डारी, अनिता धामी, मनी दत्त ओझालाई समितमा निर्विरोध चयन गरेको विधियक मन्थन विभागका केन्द्रिय सदस्य भोजराज जोशी (क्वालिटी) ले बताउनु भयो ।
केन्द्रिय सदस्य जोशीले लगत्तै समितिले वडा अधिवेसन, पालिका अधिबेसन गर्दै जिल्ला अधिवेशन सम्पन्न गर्ने बताउनु भयो ।










