खोप लगाएका बालकको मृत्यु भएपछि बैतडीमा सडक अबरुद्ध

बैतडी : बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । आन्दोलित भएका अभिभावकहरुले गोकुलेस्वर गन्ना सडक अवुरुद्ध गरेका छन् ।

डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकहरुले सडक वन्द गरेका हुन् ।बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका –३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो ।

दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो । राति ¥याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लैजादै त्यहाँ उपचार हुन नसकेपछि त्यहाँ उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो ।

घटनापछि निष्पक्ष छानबीन र क्षतिपूर्तिको माग राखी अभिभावक र स्थानीयले दार्चुलाको लटीनाथ देखी बैतडीको गोकुलेश्वर सडको सिमारमा वन्द गरेका छन् । बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने डिलासैनी स्वास्थ्य शाखा प्रमुख पुरुषोतम योगीले बताउनु भयोे ।

उहाँले भन्नुभयो, “हामीले माथीलेखेर पठाइसकेका छौ भोली डब्ल एच ओ टिम आउँदै छ पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युको कारण खुल्न सक्छ ।” अहिले जिल्लाभरी खोप संचालनमा रहेको छ । खोपमा त्यस्तो समस्या नभएकाले नियमित खोप नछुटाउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्टले सबैमा आग्रह गर्नु भयो ।

1 Comments Text
  • سریع دانلود ویدیو از تیک تاک says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your writing is a true testament to your expertise and dedication to your craft. I’m continually impressed by the depth of your knowledge and the clarity of your explanations. Keep up the phenomenal work!
  • प्रतिक्रिया छाेड्नुहाेस्