किन आए प्रधानसेनापती बैतडी

बैतडी : शुक्रबार दिउसो नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानसेनापती असोक राज सिग्देल बैतडी आउनु भएको हो ।

जिल्ला सदरमुकाम बैतडीको टुडिखेलमा हेलिकोप्टरबाट ओर्लिएर प्रधान सेनापती सिग्देल सेनाकै गाडीमा सिधै सदरमुकामै रहेको जगरनाथ मन्दिरको दर्शन गर्नु भयो ।

दर्शन पश्चात सेनाकै गाडीमा श्री बकस गुल्म बैतडीले संचालन गरेको कठपतेमा रहेको तालिमको निरिक्षण गरी सेनाकै हेलिकोप्टर मार्फत शुक्रबारनै बझाङ फर्कनु भयो ।

सेनापती सिग्देललाई जिल्ला स्थित सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीले टुडीखेलमै स्वागत गरेका थिए । प्रधान सेनापती सिग्देल निरिक्षण भ्रमणमा जिल्ला आएको बुझिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्