बैतडी : दिनभरीको कार्यालयको काम विहान बेलुकाको मौरी संगै तरकारी फलफूल खेतीको काममा व्यस्त घनश्याम भट्ट र हेमराज भट्ट दाजु भाइको दैनिकी हो । कार्यालयको काममा रमाएको देख्दा जोकोहीलाई पनि विश्वास नलाग्लाकी भट्ट दाजु भाइको घरको दैनिकी ।
दसरथचन्द नगरपालिका ५ अलामा रहेको भट्ट दाजुभाइको घरमा पुगेपछि मात्र थाहाँ हुन्छकी यिनको दैनिकी बारे । घरमा पुग्दा चट्ट सजाएको घर आगन र करेसाबारी संगै मन लोभ्याउने मौरीपालन देखिपछि जोकोहि पनि दंग पर्छन् ।

बुवाको पलादेखिनै परम्परागत तरिकाले गर्दै आएको मौरी पालनलाई भट्ट दाजुभाईले आधुनिक तरिकाबाट संचालन गरेका छन् । अहिले ३५ वटा आधुनिक घारमा मौरीपालन गरिरहेको घनश्याम भट्टले बताउनु भयो ।
घरमा दुई दाजुभाई संगै घनश्यामको श्रीमती पनि छन् । श्रीमती पनि जागरिनै गर्छन । दुईदाजु भाइपनि सरकारी जागिरेनै हुन् । दिनभरी तिनै जना कार्यालय जाँदा घर,मौरी तरकारी र फलफूलको हेरचाह दुई कुकुरले गर्दछन् ।
बाँदरले आतंक मचाई रहदापनि यि दुई कुकुरले भट्ट परिवारको मौरी, तरकारी र फलफूललाई सुरक्षित राखेका छन् । यि तिन जना बाहेक भट्ट परिवारका सबै सदस्य तराईतिर वस्ने गर्दछन् ।
बार्षिक डेडदेखि दुई क्वीन्टल सम्म मह उत्पादन गरि विक्रिगर्ने गरेको भट्टले बताए । उनले कृषि सम्बन्धी एक फर्म दर्ता गरेर बार्षिक रुपमा सरकारलाई कर पनि तिरीरहेका छन् ।

बर्षेनी कृषिज्ञान केन्द्र र दसरथचन्द नगरपालिकाले अनुदान बाँडेपनि भट्ट परिवारको फर्मले कहिलै अनुदान पाउन सकेको छैन् । आफ्नै बलवुद्धिमा मौरीपालन गरिरहेका भट्टदाजु भाई आफ्नो पेसा र घरको दैनिकी प्रति सन्तुष्ट देखिन्छन् ।










