पञ्चेश्वरमा नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न

बैतडी : बैतडीको पञ्चेश्वरमा नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न भएको छ । दिपक चन्दको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटि गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

सहमतीको आधारमा पालिका कमिटि चयन भएको नेकपा माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्द (रविन्द) ले जानकारी दिनु भयो । पालिका सम्मेलनका प्रमुख अतिथि बैतडी जिल्ला इन्चार्ज एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य नरेन्द्र कुवँर (बिजयसुन्दर) रहनु भएको थिए ।

पालिका सम्मेलनमा निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका प्रेम प्रकाश भट्ट (आदित्य), माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, बैतडी जिल्ला कमिटी सचिव रमेश चन्द, कमल राम विक (कृतमान) लगयात पञ्चेश्वर भुगोल भएका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्