श्रीपुर स्वास्थ्य सेवा केन्द्रमा विश्वका सबै ठाउँबाट स्वास्थ्य परामर्श लिन मिल्ने

बैतडी : जिल्लाको शिवनाथ गाउँपालिका ३ को श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट गाउँपालिकाका जनता एवम अन्यले पनि विश्वका जुनसुकै ठाउँबाट रोग सम्बन्धिको परामर्श सेवालिन पाउने छन् ।

यो सेवा लिनको लागि स्वास्थ्य सस्थाले एक निशुल्क फोन नम्बर १८१०५०००१३८ सार्वजनिक गरेको छ । सो नम्बरमा फोन गरेर सेवाग्राहीले स्वास्थ्य सम्बन्धि विभिन्न परामर्श लिन पाउने छन् । परामर्श लिन चाहाने सेवाग्राहिलाई विशेषज्ञ चिकित्सकीय परामर्श दिइने श्रीपुर स्वास्थ्य चौकी प्रमुख मोहन कलौनीले बताउनु भयो ।

यस्तै स्वास्थ्यकेन्द्रको सिस्टममा दर्ता भएका महिला सेवाग्राहिले नेपाली तथा भारतका जुनसुकै नम्बर मार्फत हेलो सिस्टर निशुल्क हटलाइन १८१०५०००१३८ बाट चौविसै घन्टा स्वास्थ्य सेवा लिन सकिने प्रमुख कलौनीले बताए ।

1 Comments Text
  • Thaddeus says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    i use it centenially when i’m in my greenhouse.
  • प्रतिक्रिया छाेड्नुहाेस्