बैतडी : जिल्लाको पन्चेस्वर गाउँपालिकाले वाड नम्बर ३ मा रहेको कुलाउ स्वास्थ्य चौकिमा जेठ ८ र ९ गते निशुल्क आँखा शिबिर संन्चाल गर्ने भएको छ ।
च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग र धनगढी नेत्रालय कैलाली र श्रीकृष्ण आखा अस्पताल को प्राबिधिक सहयोगमा शिबिर संचालन हुने भएको छ ।
शिविरमा निशुल्क आँखा चेकजाँच तथा औषधि बितरण, मोतीविन्दु तथा आखामा मासु पलाएका बिरामीको निशुल्क सल्यक्रिया, आवश्यक विरामिलाइ नजिकको हेर्न मिल्ने चस्मा बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम सागर शाहले बताउनु भयो ।
साथै ५ र ६ नम्बरका बिरामीलाई जेठ ६ गते निशुल्क मोतीबिन्दु छनौट शिविर गणमेश्वर अधारभुत बिद्यालयामा हुने गाउँपालिकाले जनाएको छ ।
आर्थिक अवस्था कम्जोर भएर धनगढी सम्म आँखाको उपचार गराउन आउन नसक्ने सेवाग्राहीलाई स्थानीयस्तरमै गएर सेवा दिन्ने उद्देश्यले धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताउनु भयो ।
जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देशले शिविरको आयोजना गरिएको पन्चेस्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनु भयो । शिविर निसुल्क संचालन गरिएकाले सम्पुर्ण जनताले यसबाट लाभ लिन गाउँपालिका उपाध्यक्ष विना भट्टले आग्रह गर्नु भएको छ ।










