बैतडी: बैतडीको मेलौलीमा बृहत स्वराड बैतडी सांस्कृतिक महोत्सव तथा व्यापार मेला सुरू भएको छ । महोत्सवको उदघाटन पन्चेस्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले गर्नु भएको छ ।
मेलौली भवगती मन्दिरको प्राङगणमा सुरु भएको महोत्सवको एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको पर्यटन बिकास मंचका अध्यक्ष हरिष जोशी ले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले महोत्सवले स्वराड क्षेत्रको पर्यटन सङ्गै स्थानीय कला संस्कृति, को विकासमा सहयोग पुग्ने बताउनुभयो । स्थानीय उत्पादन कला संस्कृति, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको महोत्सव जेठ १२ गते सम्पन्न हुने छ ।
महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ।
महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने मुख्य प्रायोजक क्वालिटी आल्मुनियम स्टील एण्ड युपीभिसी प्रोपराइटर भोजराज जोशी क्वालिटीले बताउनुभयो ।










