डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घइते

डोटी– डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा भएको हो ।

सो दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै सो दुर्घटनामा जिप चालकसहित घाइते ८ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले बताए।

प्रतिक्रिया छाेड्नुहाेस्