पञ्चेश्वरमा अध्यक्षसंग विद्यार्थी कार्यक्रम : शैक्षिक गुणस्तर सुधारको प्रयास

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले अध्यक्षसंग विद्यार्थी कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा गाउँपालिकाभरीका विद्यालयमा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकसंग विद्यालयको शैक्षिक गुणस्तर सुधारको निम्ति गाउँपालिकाले के गर्न सकिन्छ भनी सुझाव संकलन संगै अन्तकृया कार्यक्रम गरेको छ ।

कार्यक्रमबाट आएका सुझावलाई गाउँपालिकाले निर्माण गर्न लागेको गाउँपालिका शिक्षा नीति र शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाले अगामी बजेट तथा नीतिमा समावेश गरिने गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले बताउनुभयो ।

‘शैक्षिक सुधारको लागि आवस्यक पर्ने पूर्वाधार र शिक्षकहरुको क्षमता अभिवृद्धिको लागि आवश्यक तालिमको व्यवस्थापनको लागि गाउँपालिकाबाट गरिने सहयोग पूर्णरुपमा हुने उहाँले बताउनुभयो’ ।

यो कार्यक्रम पालिकाका सम्पूर्ण विद्यालयमा संचालनगरि शिक्षक, विद्यार्थी अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीकाले राखेका समस्या र सुझाव संकलन गरि कसरी तिनलाई समाधान गर्न सकिन्छ भनी छलफल गरिएको अध्यक्ष संग विद्यार्थी कार्यक्रमका संयोजक राईजन चौडलाले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र विव्यास समितिका पदाधिकारीले विद्यालयको समस्या र शैक्षिक स्तर उकास्नको लागि आवस्यक सुझाव दिएका थिए ।

अध्यक्षसंग विद्यार्थी कार्यक्रम शिक्षाको गुणस्तर उकास्न र विद्यालयका समस्या वुझ्न प्रभावकारी रहेको गाउँपालिका उपाध्यक्ष विना भट्टले बताउनु भयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी र शैक्षिक सहजकर्ता पुष्पराज लेखकले पनि शैक्षिकस्तर कसरी उकास्न सकिन्छ र शिक्षा क्षेत्रमा रहेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे कक्षा संचालन गरेका थिए ।

यस्तै यस कार्यक्रम मार्फत ईलका प्रहरी तस्वदेहीले वालविवाह, लागुऔषध र साइवर अपराध सम्बन्धि कक्षा संचालन गरेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्