२३ भदाै, बैतडी- बञ्चरो प्रहार गरी आफ्नै काकीको हत्या गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ पेडेगोदाका ३० वर्षीय यज्ञसिंह धामीलाई गिरफ्तार गरेको छ ।
२२ गते राती सुतेको अवस्थामा बञ्चरो प्रहरा गरी ३४ वर्षीया काकी बेलमती धामीको हत्या गरेको आरोपमा धामीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो ।
मृतक धामीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको पाण्डेयले बताउनुभयो ।
घटनाकोअनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर राजेन्द्र साउँद नेतृत्व टोली खटिएको पाण्डेयले बताउनुभयो।
यज्ञले आफ्नै काकीको हत्या गर्नुको कारण भने खुलीसकेको छैन् । एकल महिला समेत रहेकी मृतक बेलमती धामीका ४ छोरी र एक छोरा छन् ।
भतिजाले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेपछि अहिले गाउँमा त्रास फैलिएको छ ।











