भोली (बिहीबार) बैतडीको गोठलापानीमा सडक नाटक ‘बाटैबाटो’ मञ्चन हुने

बैतडी- महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको घुम्ती सडक नाटक ‘बाटैबाटो’ भोली बैतडीको सदरमुकाम गोठलापानीमा मञ्चन हुने भएको छ ।

महिला सशक्तिकरणको सन्देश बोकेर काटक मञ्चन गरिरहेको कौशी थिएटर ‘कथा घेरा’ टिम बैतडी पुगेको छ । आयोजकका अनुसार भोली (बिहीबार) दिउसो २ बजे सदरमुकाम गोठलापानीमा नाटक मञ्चन हुने छ ।

महिलालाई घरभित्र सीमित राख्ने परम्परागत सोच अझै पनि विद्यमान रहेको उल्लेख गर्दै नाटकले यस्ता सामाजिक धारणा र पूर्वाग्रहलाई चुनौती दिने प्रयास गर्दै आएको छ। महिलाले घर र पेसागत जीवन दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले नाटक गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्