विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८औं पटक हो ।
पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेका छन् ।
नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको पराजुलीले बताए । पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर पनि हुन् ।
३२ वर्षयता छठको व्रत बस्दै आएका छन् । उनले २८ औं पटक दण्ड प्रणाम यात्रा गरेको बताए ।
विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सुरु गरेको दण्ड प्रणाम यात्रा सिंघिया खोलामा राखिएको पूजा स्थलसम्ममा पुगेर समापन हुनेछ ।
मन्दिरबाट तीन किलोमिटर टाढा रहेको सिंघीया खोलामा निर्मित छठघाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन् ।














