अछाममा कैदीबन्दीलाई अगरबत्ती उत्पादन सम्बन्धी तालिम

अछाम- अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो।

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए।

उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो। कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालिमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गरे।

1 Comments Text
  • fintechbase says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Hi everybody, here every person is sharing such knowledge, thus it’s pleasant to read this website, and I used to pay a visit this weblog daily.
  • प्रतिक्रिया छाेड्नुहाेस्