बेसाहारा परिवारलाई युवाहरुको सहयोग

४ माघ, बैतडी- गएको माघ २० गते निर्वाचन प्रहरीको मृत्युपछि बेसाहारा बनेको उनको परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका छन् । हाम्रो अभियान, सेवानै युवाहरुको पहिचान नामक युवाहरुको अभियानले बेसाहारा परिवारलाई आर्थिक सहयोग संकलन गरि सोमबार हस्तान्त्रण गरेको हो । बैतडीको दशरथचन्द नगरपालिका– ४ जर्गका निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्युपछि उनको परिबार बेसाहारा बनेको थियो ।

युवाहरुले आर्थिक सहायोग अभियानबाट संकलन गरेको तीन लाख ३७ हजार पाँच सय रुपयाँ आज पीडित परिवारलाई हस्तान्त्रण गरेको युवा अभियान्ता दिनेश चन्दले बताउनुभयो । निर्वाचन प्रहरी प्रकाशको मृत्युपछि परिवार बिचल्लिमा परेकाले आफुहरुले अभियान मार्फत आर्थिक सहयोग संकलन गरि पुर्व वडा अध्यक्ष माेहन बहादुर चन्द मार्फत हस्तान्त्रण गरेको अभियान्ता चन्दले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका चन्द बृद्ध हजुरआमा, आमा, श्रीमती र दुई बालबालिकाको लागि दुई–चार पैसा कमाउन निर्वाचन प्रहरी बनेका थिए । तर तालिम सकेर घर फर्किरहेका उनको लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्