१४ फागुन, बैतडी- आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसंगै निर्वाचन सुरक्षालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखेको छ । एक निर्वाचन क्षेत्र हरेको बैतडीका विभिन्न स्थानमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको छ ।

जिल्लाको पुरा भुगोललाई कभर गर्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलिहरु जिल्लाभरी परिचालन भएका छन् । नेपाली सेना आफैले पनि माटरसाइकल गस्ती गरिरहेको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै करिब डेढ महिना अधिदेखि पेट्रोलिङ (गस्ती) गरिरहेको नेपाली सेनाले निर्वाचनको मिति नजिकिएसंगै विषेश सुरक्षा योजना बनाई काम गरिरहेको छ ।

जिल्ला सुरक्षा समितिले समेत सुक्ष्म अध्ययन गरि सोही अनुसार सुरक्षा योजना बनाई काम गरिहेको जनाएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले यस पटक निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिने विषेश सुरक्षा योजना बनाई काम थालेको बताउनुभयो ।












