निर्वाचन तयारी: मतदान केन्द्र गए सुरक्षा सहितका कर्मचारी

१८ फागुन बैतडी– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा कर्मचारीहरु मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएका छन् ।

दुई दिनको तालिमा पश्चात मतपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिएको मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले बताउनुभयो । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनका बिषयमा अभिमुखीकरण तालिम दिइएको थियो ।

जिल्लामा एक अस्थायी सहित २ सय १५ ओटा मतदान केन्द्र रहेका छन् । ती सबै केन्द्रका लागि मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी खटिसकिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले बताउनुभयो ।

एक निर्वाचन क्षेत्र रहेको बैतडीमा निर्वाचनका लागि १ हजार दुई सय ८८ जना कर्मचारी खटिएका छन् । १० दल र एक स्वतन्त्र गरी ११ जनाले उम्मेदवार रहेको बैतडीमा  १ लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् ।

मतदानकेन्द्रको सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मिहरु समेत सम्बन्धित ठाउँमा खटिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।  

प्रतिक्रिया छाेड्नुहाेस्