२४ फागुन, बैतडी- बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रसका उम्मेदवार चतुरबहादुर चन्दलाई ३ जार ९ सय ४० मतान्तरले पछि पार्दै भण्डारी विजयी भएका हुन् । हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत पाउदा चन्दल १८ हजार १ सय ९४ मत मात्रै पाउन सके । लगातार तीन पटक बैतडीबाट विजयी भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले भने यस पटकको निर्वाचनमा तेश्रो स्थानमा चित्त बुझाउनु परेको छ । उनले १७ हजार ९१ मत मात्रै पाएका छन् ।
हेर्नुहोस यस्तो छ अन्तिम मत परिणाम
खसेको मत ७२८४३
हरिमोहन भण्डारी (रास्वपा-घण्टी 🔔) २२१३४ (विजयी)
चतुर बहादुर चन्द (नेपली कांग्रेस- रुख🌲) १८१९४ (निकटतम प्रतिस्प्रधी)
दामोदर भण्डारी (नेकपा एमाले-सुर्य ☀️) १७०९१
प्रमानन्द भट्ट (नेकपा-तारा ✴️) ६९६५
भुपेन चन्द (हलो) २६८१
राम बहादुर कुँवर (गुलाब) २९९
नवराज कोइराला (मादल) ९४
गजेन्द्र पाण्डेय (माटो) ७८
आनसिंह भण्डारी (छाता) ९४
विशनसिंह बोहरा (मोबाइल) ८२
जयप्रकास पन्त (भगेरो) १८
बदर मत ५११३









