बैतडीकाे शिवनाथमा घरकाे छतबाट खसेर मजदुरको मृत्यु

२१ बैशाख, बैतडी– बैतडीको शिवथान गाउँपालिका– ६ सुल्लेखानमा घरको छलबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ४ स्थायी घर भएका ६५ वर्षी जगतराम थारुको सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरको छतबाट लडेर मृत्यु भएको हो । पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरथ थारु धनाडीको घरमा भाडामा बसिरहेका थिए । उनिसंगै उनका भतिज गुरीलाल थारुपनि बस्ने गरेको बुझिएको छ ।

आज बिहान करिब ३–४ बजेको समयमा बाथरुम भएका थारुको छतबाट लडेर मृत्यु हुनसक्ने अनुमान गरिएको छ । जटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बल्देब बडुले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्