बैतडी – बैतडीको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले गाउँपालिकाबाट दोहोरो सुविधा लिएको भनी अख्तियारमा उजुरी परेपछि अख्तियारले अध्यक्षमाथी परेका उजुरीप्रति डिलासैनी गाउँपालिकालाई प्रतिक्रिया सहित प्रमाणित कागजात उपलब्ध गराइदिने भनी पत्राचार गरेको छ ।
अध्यक्ष जोशीले २०७९ सालमा निर्वाचित भएदेखि हालसम्म एउटै शीर्षकमा दोहोरो तेहोरो सेवा सुविधा लिई भ्रष्टचार गरेको उजुरी परेको अख्तियारको पत्रमा उल्लेख छ । गाउँपालिकाको नाममा रहेको गाडी निर्वाचित भएको दिन देखि प्रयोग गर्दै आएको र उक्त गाडीको मर्मत संभार, डिजेलको भुक्तानी गापाले गर्दै आएको भएपनि अध्यक्ष जोशीले सवारी साधन उपलव्ध नभएको भनी मासिक रु १० हजार सुविधा लिदै आएको, अध्यक्षले गाडी चढेको भनी पटके सम्झौता गरी १९ लाख ३८ हजार भुक्तानी गरिएको आव २०७९।८० को महालेखा परीक्षकको अन्तिम प्रतिवेदनले समेत अनियमितता गरेको भनेर उल्लेख गर्दा पनि हाल सम्म फच्र्यौट नगरेको अख्तियारमा उजुरी छ ।
आफुमाथी लगाएका आरोप प्रतिशोधको भावनाले गरिएको र आफुले यस्तो कुनै पनि दोहोरो तेहोरो सेवा सुविधा नलिएको पालिका अध्यक्ष सान्तोषप्रकाश जोशीले बताए । ‘उजुरीमा भनिएको महालेखाको प्रतिवेदन उनले भने, आब २०७९।८० को मलेपको प्रतिवेदन भनेको २०७९ साउन देखि २०८० असार मसान्त सम्मको हो । त्यो प्रतिवेदनमा हामीले गरेको खर्च लेकांकन गर्दा पनि हामी निर्वाचित भएर आएको एक महिनामात्रै हो । एक महिनाकै समयमा यातायात खर्च बाफत १९ लाख ३८ हजार अध्यक्षले अनियमितता गर्नु भन्नु कुनै आधारमा पनि तथ्यपरक देखिदैन । त्यो खर्च हामी निर्वाचित भएर आउनु पूर्वको हो ।
उनले थपे । आफु अध्यक्ष हुनु भन्दा पहिला पनि गाउँपालिकाका जनप्रतिनिधीले गाढी भाडामा लिई गाढी धनीलाई मासिक १ लाख २० हजार दिने गाडी चालकलाई पालिकालेनै तलव भत्ता दिने, गाडीको मर्मत देखी तेलको खर्च सम्म गाउँपालिकालेनै व्यहोर्दा आफुले बारम्बार विरोध गर्दै आएको हँु । अहिले आएर म आफै गाडीको नाममा अनावस्यक खर्च किन गरौँला उनले प्रश्न गरे । आफु धेरै पटक एक्लै कार्यलयको कामको लागि हिडदा पनि टिकेट काटेर सार्वजनिक यातायातमा जाने गरेको उनले बताए ।
यो विषयमा अख्तियारले गापा संग २०७९ साल देखि हाल सम्म गापा अध्यक्षलाई कुन कुन शीर्षकमा सेवासुविधाको भुक्तानी भएको छ । यो संग सम्बन्धित श्रेस्ता र महालेखाको अन्तिम लेखापरीक्षणले देखाएको अनियमितताको फच्र्योट गरे नगरेको १५ दिनभित्र स्पष्ट राय प्रतिक्रिया लेखेर पठाउन पत्र पठाएको छ । आफूले बारम्बार प्रमुख प्रशासकिय अधिकृत संग स्थानीय सरकार संचालन ऐन २०७४ पश्चात पहिलो कार्यपालिका बैठकदेखि आफु निर्वाचित भइएर आए अघिको सबै कार्यपालिका बैठकका र गाउँसभाका निर्णय माग गर्दा उपलव्ध नगराएपछि लिखितरुपमै माग गरेपनि अहिले सम्म ती निर्णय पूस्तीकाको प्रतिलिपी नपाएको समेत उनले बताए ।
यस्तै आब ०७९।८० को प्रतिवेदनमै गाडी भाडा शिर्षक बाफत हरिषनाथ १४ लाख ५० हजार र विविध खर्चमा ४ लाख ५० हजार खर्चलाई अनियमित भएको उललेख छ । आफुले सो खर्चको विषयमा अनभिग्य रहेको र तत सम्बन्धी बिवरण दिन सम्बन्धित शाखालाई निर्देशन दिइसको भएपनि हाल सम्म सो शाखाले कुनै जानकारी नदिएको समेत अध्यक्ष जोशीले बताए । अख्तियारको छानबीनलाई पूर्णरुपमा सहयोग गरिने उनले बताए ।













