पुर्चौंडी–६ को वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो

२ असार, बैतडी– बैतडीको पुर्चौडी नगरपालिका-६ को वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । सडक निर्माण गर्नुपर्ने भन्दै स्थानीयले जेठ २७ गते वडा कार्यालयमा गरेकाे तालाबन्दी खुलेकाे हाे ।

२०७६ सालदेखि निर्माण सुरू भएको वडा कार्यालय जोड्ने करिब ५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्ने भन्दै गरिएको तालाबन्दी मंगलबार खुलेको हो । 

पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमको रोहवरमा ताला खोलिएको स्थानीय चक्र खडायतले बताउनुभयाे । सडक निर्माणमा अवरोध नगर्ने सहमति भएपछि ताला खोलेर वडा कार्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयाे । 

प्रदेश सरकारको बजेटबाट निर्माणाधिन धम्ध्वा–खडायत गाउँ– वडा कार्यालय सडकमा खडायत गाउँकै स्थानीय गौरीलाल खडायतले अवरोध गर्दा स्थानीयले वडा कार्यालयमा तालाकन्दी गरेका थिए । गौरीलालले सडकभन्दा माथि आफ्नो घर रहेकाले सडक खन्दा घरमा समस्या हुने भन्दै काममा अवरोध गर्दै आएका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्