बैतडीमा सशस्त्र प्रहरीको सिलाइ कटाई तालिम सुरु

बैतडी : बैतडीमा सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीले सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १५ दिने सिलाई कटाई तालिम दिन सुरु गरेको छ ।

जिल्लाका सिमावर्ती स्थानीयतहबाट बैतडी सदरमुकाम पढन आएका विद्यार्थीलाई विद्यालय समय बाहेकको खाली समयमा तालिम दिई आत्मनिर्भर बन्नको लागि तालिम आयोजना गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपती जंगबहादुर कुवंरले जानकारी दिनु भयो ।

जिल्लाको शाहिलेकमा रहेको छात्रावासमा बस्दै आएका जिल्लाका विपन्न र टुहुरा १० जना विद्यार्थीलाई विरेन्द्र माविको हलमा आज देखि तालिम दिन सुरु गरेको हो । सशस्त्र प्रहरीलाई यो तालिम संचालन गर्न एनआइएम्बी बैंक शाखा बैतडीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको कार्यक्रमबाट आर्थिक सहयोग गरेको हो ।

पढाई संगै खाली समयमा यो तालिम गरेर आत्मनिर्भर बन्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै प्रशिक्षार्थीले ध्यान दिएर तालिमलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारी डा. डिजन भटराईले निर्देशन दिनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्