स्वास्थ्य कार्यालय बैतडीको समिक्षा

बैतडी — स्वास्थ्य कार्यालय बैतडीले संचारकर्मी संग कार्यालयले सम्पदान गरेका बार्षिक कार्यक्रमको समिक्षा गरेको छ ।

स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवालाई दुरदराजका नागरिक सम्म स्वास्थ्य नीती, सेवा र स्वास्थ्य चेतनालाई सरल र स्थानीय भाषामा सम्प्रेषण गर्ने सयन्त्रको विकास गर्ने उद्देश्यले पनि समिक्षाको कार्याक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो ।

समिक्षा कार्यक्रममा बर्ष भरी कार्यालयले सम्पादन गरेका प्रगतीबारे संचारकर्मीलाई जानकारी गराएको थियो । सम्पन्न गरेका कार्यक्रममा संचारकर्मीहरुका थप केहि सुझाव सल्लाह भए अगामी दिनमा सुधार गर्ने उनले बताए ।

जिल्लाको स्वास्थ्य अवस्थाको सुधार गर्नको लागि सबैको हातेमालो आवस्यक पर्ने भएकाले संचारकर्मी पनि यस्को अभिन्न अंग भएकाले स्वास्थ्य कार्यालय जहिले पनि संचारकर्मीका सुझाव सल्लाहको अपेक्षा गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्