बैतडीकाे पाटनमा बसबाट झर्ने क्रममा लडेर ७० वर्षीय वृद्धको मृत्यु

६ मंसिर, बैतडी– बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको मृत्यु भएको हो।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिनुभयो।

अस्पताल पुर्‍याउने क्रममा बाटोमै उनको मृत्यु भएको र अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो।

घटनापछि प्रहरीले बस र चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्