धनगढी- राष्ट्रिय समाचार समिति ९रासस० का डेस्क सम्पादक राजेन्द्र विष्टको निधन भएको छ।
प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका विष्टको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।
कलेजोमा संक्रमणको समस्या देखिएका विष्टको मुखभित्र र घाँटीमा समेत संक्रमण फैलिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
केही समयअघि मात्रै आमाको किरिया सकेका विष्टको निधनले परिवार, आफन्त तथा पत्रकारिता क्षेत्रलाई शोकमा डुबाएको छ। सुदूरपश्चिमको कञ्चनपुर घर भएका विष्ट लामो समयदेखि पत्रकारितामा सक्रिय थिए।













