देउकी ‘देवी’ हुन्, असभ्य भाषाले किन सुदूरको बद्नाम ?

बैतडी–सुदूरपश्चिमको पहाडी जिल्लामा अहिले पर्वको रौनक छाएको छ । सुदूरपहाडमा तिहारपछि लाग्ने मेलालाई ठूलो पर्वका रुपमा मानिन्छ । दसैंतिहारभन्दा ठूलो पर्व पहाडी जिल्लामा मेला जात्रालाई मान्ने गरिन्छ ।

दसैंतिहारको समयमा घर नआएका परदेशी दाजुभाई तथा पराइ घर अर्थात् प्रदेशमा बस्ने दिदीबहिनीहरू पनि वर्ष दिनमा लाग्ने मेला (जात्रा)मा माइती घर आउने गर्छन् ।

तिहारपछि विभिन्नि शक्तिपिठमा लाग्ने मेला (जात्रा)को रौनक बढेको छ । प्रत्येक वर्ष दशैंतिहारपछि पहाडी जिल्लाका शक्तिपिठ मन्दिरहरुमा मेला लाग्ने गर्छ ।

देवी देवताको पुजा अर्चना गरिन्छ । तर, विडम्बना वर्ष दिनमा आउने यी मेला पर्वमा भने महिलाहरुमाथी विभेद नै छ । महिलाहरुलाई मठ मन्दिरमा जान बन्देज गरिन्छ । हरेक क्षेत्रमा विभेद छ । प्राकृतिक, मौलिक, ऐतिहासीक क्षेत्रमा लैगिक हिंसा गडिएर बसेको छ ।

महिलालाई मन्दिर जान बन्देज किन ?

वास्तवमा भन्ने हो भने महिलालाई ओलो एक निहुँ मात्र हो। मेलाको दिन मात्रै मन्दिर भित्र प्रवेश गर्न नहुने यो परम्पराले फरक कुराको संकेत गर्छ । मन्दिर भित्र देवी (देउकी) बस्ने भएकाले महिलाहरुलाई प्रवेश गर्न नदिइएको हो भन्ने बुझिन्छ ।

मेला हेर्न गए ‘पाप लाग्छ, देवी–देवता रिसाउँछन’ भनेर महिलाहरुका लागि यो घातक भनिएको छ । मन्दिरमा देवी चढाउने प्रथाका कारण महिलाहरुले आफ्नो कुल देवताको पूजा गर्न पाउँदैनन् ।

महिलाहरुले मन्दिरमा गए देवता रिसाउने अर्थात देवता लाग्छ भन्ने गलत मान्यता छ। देवीको मानसिक नै गलत बनाइदएको हुँदा तथा मन्दिरमा जाने पुरुषहरुले देवीमाथि छेडाखानी गर्ने जिस्किने सहवास गर्ने जस्ता कुकर्म गर्ने हुँदा आफ्ना पत्नी छोरी चेलीलाई मन्दिर आसपास जान नदिइएको हो ।

महिलाहरु मन्दिर जाँदा पाप लाग्ने अर्थात देवता रिसाउने नभइ घरमा हिंसा बढ्छ भन्ने डरले महिलाहरुलाई मन्दिर जान नदिइएको हो । श्रीमानले अन्य स्त्रीसँग गलत सम्बन्ध राख्दा कुनै पनि श्रीमतीले राम्रो मान्दैनन् । यसले घरमा झै–झगडा हुने, तथा हत्या हिंसा नै हुने डरले नै महिलाहरुलाई मन्दिरमा जान नदिएको हो ।

नारी शहनसील हुन् । जस्तो सुकै कुरा महिलाले सहन गर्न सक्छि । महिलाको मन कमलो हुन्छ भनिन्छ। आफ्ना पतिलाई भगवान सरह मानिन्छ । पतिले जे भन्यो त्यही कुरा मानिन्छ।

सो समयमा महिलाहरु घरमा मात्रै सीमित हुने हुँदा तथा पूरुषहरु बाहीर डुल्ने हुँदा बाहिरका कुरा जे श्रीमतलाई भनियो श्रीमतीले पनि चुपचाप मान्नु पर्छ भन्ने मानसीकता छ ।

त्यसैले चलाक पुरुषले आफ्नी श्रीमतीलाई ललाइफकाई गरेर मन्दिर जानुहुन्न पाप लाग्छ देवता रिसाउँछन भन्ने गलत मानसिकता बनाइदिएको हुँदा अहिलेसम्म सोही चलन बसेको छ ।

हामी नै साना बालबालीका लाई न जाने ठाउँमा गयो भने हाउ आयो भनेर तर्साउछौँ नि । यो हाम्रो दिमागमा आफैँ आएको त होइन हामीलाई बाल्याअवस्थामा हाम्रा आमा बा बाँजेहरुले भन्यो हामी डरायौँ ।

यो हाउ आयो भन्ने शब्दले हाम्रा सन्तानले पनि आफ्ना सन्तानलाई डराउने हुन र सजग बनाउने हुन । हो यो हाउ आयो भनेझैँ ओलो लाग्छ भनिएको हो । जो अहिले सम्म प्रत्येक व्यक्तीको मानसिक अंगमा गडिएर बसेको छ ।

भनिन्छ नि महिलाको मन त घिउ जस्तै हो । सानो तापमा पनि पग्लि हाल्छ । हो महिलाले के जान्छन, के बुझ्न र भनेर हेला गरएको हो । महिलाले आफ्नो श्रीमान परवारको इज्जत राख्न नै पर्व नगएकी हुन ।

केही दुई/चार व्यक्तिले चलन बिगारेको हो । गलत चलन बनाएको हो । राम्रो कुराको प्रचार ढिलो हुन्छ । तर नराम्रो कुराको प्रचार क्षणभरमै फैलीन्छ । गलत कुरालाई एक कान दुईकान मैदान बनाइन्छ भने सत्य कुरा थाहा पाउन धेरै समय लाग्छ ।

देवीहरुसँग कुदृष्टि राख्दा आफ्ना छोरीचेलीहरु तथा श्रीमतीसँग मेला–पर्व वा पूजापाठमा मन्दिर जाँदा बेइज्जत हुन्छ भन्ने डरले पनि हो, महिलालाई मन्दिर जान नदिनु ।

ठगुरानीलाई ओलो

ओलो भनेको नै पाप लाग्छ भन्नु हो। चन्द अर्थात ठगुरी जातीका महिलाहरुले मन्दिर गए पाप लाग्छ भन्ने चलन छ। सो गलत मान्यताले ठगुरानी महिलाहरु मन्दिर जान्नन्।

अन्य जातका महिलाहरु मन्दिर गए पनि भित्रै प्रवेश भने गर्दैनन्। मन्दिर स्थल बाहिरको मात्रै दर्शन तथा अवलोकन गरेर फर्किन्छन्। अन्य समयमा मन्दिर भित्र गएपनि जात्राको समयमा भने बाहीरबाटै दर्शन गने गरेको मेलामा भेटिएका महिलाहरुले बताएका छन्। मन्दिर भित्र देवी (देउकी) बस्ने भएकाले महिलाहरुलाई प्रवेश गर्न नदिइएको बताइन्छ।

के हुन् देउकी ?

सुदूरपश्चिमका विभिन्न शक्तिपिठ मन्दिरमा चढाइने कुमारी कन्या हुन्, देउकी। देउकी चढाउने चलन सदियौं पुराना हो। र, यसको छुट्टै कथा र कहानी छ।

वास्तवमा मन्दिरमा चढाउने त कुमारी देवीको रुपमा हुन्। तर, यसलाई समाजिक रुपमा गलत नाम दिएर बद्नाम गरिएको हो। घरमा होस या मन्दिरमा, न्वारान, विवाह, ब्रतबन्ध, श्राद्ध तथा कुनै पनि सामान्य वा ठूला पूजा–आजामा प्रथम दक्षिणा अर्थात खाना (स्थानीय भाषामा ग्वानेक) कुमारी कन्यालाई दिइन्छ। जुनसुकै पूजामा पनि पहिले कुमारी कन्यालाई बोलाइने गरिन्छ।

कुमारी भनेको लक्ष्मी हुन् भन्ने मान्यता । चेलीबेटी भनेको लक्ष्मी हुन, घरमा चेली जन्मे लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ। हरेक पूजाआजामा चाहिने भनेको लक्ष्मी नै हो। लक्ष्मी भनेर कुमारी कन्यालाई नै मानिन्छ। हो यहीँबाट हो, मन्दिरमा पनि देवी राख्ने चलन सुरु भएको।

कसरी सुरु भयो देउकी प्रथा ?

भनिन्छ नि चेलीबेटी भनेको लक्ष्मी हुन्। घरमा चेली जन्मे लक्ष्मीको बास हुन्छ। मैले माथि भनेको कुरा नै देउकी चढाउनुमा महत्वपूर्ण भूमिका खेल्छ।

पहिलो नम्बरमा हरेक पूजाआजामा कन्या आवश्यक मानिएकोले नै मन्दिरमा कुमारी कन्या राख्ने गरिएको हो। बाह्रै महिना मन्दिरमा धुपबत्ती बाल्नुपर्ने, पूजाआजा गर्नुपर्ने चलन छ।

सामान्य धुपबत्तीदेखि लिएर ठूला पूजापाठमा कन्यालाई नै मान्यता दिइन्छ। दान दक्षीणका लागि कन्या आवश्यक मानिन्छ। घरमै पनि सुभ कार्यमा पहिले कन्यालाई आवश्यक मानिन्छ।

पूजापाठ गर्ने ठाउँमा सरसफाई लिपपोत गर्न, पानी फुलपाती तयार गर्न कुमारीलाई नै भनिन्छ। कन्याले यसो गर्दा सुद्ध मानिन्छ। कुमारी कन्या भनेको महिनावारी नभएकी चेलीबेटी हुन्। जसलाई सुद्ध मानिन्छ।

हो, त्यसैका लागि मन्दिरमा कुमारी चढाउने गरिएको हो। मन्दिरको सरसफाई, पूजाका लागि लिपपोत, पानी, फुलपाती तयार पार्नका कन्यालाई नै सुद्ध मानिएकाले एक कुमारीलाई मन्दिरमा अर्पण गरिएको हो।

पूजाआजा बाहुनले गर्ने भएपनि पहिलो दक्षीणा, प्रसाद त कन्यालाई नै ग्रहण गरिन्छ। त्यसपछि मात्रै बाहुन अर्थात अन्य भक्तजनहरुलाई बाँडिन्छ।

मन्दिरमा चढाइएका अन्न फलफूल, लुगाकपडा लगायतका चिजवस्तुको पहिलो भाग कन्यालाई दिइन्छ भने फेरी बाहुन, देवताका धामी (झाँक्रि) र अन्यलाई बाँडिन्छ। मन्दिरमा चढाइएकी कुमारी देवी हुन्। द्ेउकी होइनन्। मन्दिरमै सुम्पिएको किन भन्ने पनि लाग्ला। यसको व्याख्या पनि म गर्छु।

तपाइले यो पनि सुन्नुभएको होला कि महिनावारी (छाउ) नभएकी कुमारी कन्याको विहे गर्दा स्वर्ग देखिन्छ। बुवाबाजेको पालामा कुमारी बिहे गरिन्थ्यो। माइतिघरमै महिनावारी भएका छोरीचेलीलाई अशुद्ध मानिन्थ्यो भने उनीहरुको विहे गर्न परिवारलाई समस्या पर्दथ्यो। यो केही वर्ष अघिकै कुरा हो।

केही वर्ष यता यो चलन हटेको छ। तर, छाउपडी प्रथाले भने जरो गाडेर बसेको छ। महिनावारी हुँदा मन्दिर प्रवेश त के घरमै प्रवेश गर्न दिइन्न्। यो कुरा त तपाईं हामीलाई थाहा भएकै कुरा हो।

त्यसैले मन्दिरमा कुमारीलाई राखिएको हो। यदि महिनावारी भएको छोरीलाई मन्दिरमा राखिन्थ्यो भने त्यो असुद्ध मानिन्थ्यो। सो समयमा महिना, हप्ता दिन अर्थात दैनिक हिँडेरै टाढाटाढाको यात्रा गरिन्थ्यो। अहिलेको जस्तो न सडक न त बस्नका लागि होटेल हुन्थे।

नुन गुड ल्याउन डोटीबाट हिँडेर पिथौरागढ जाने कथा कहानी त तपाईंहरुले पनि सुन्नुभएको होला अर्थात् कतिपयले भोग्नुभएको पनि होला। हाम्रा बुवाबाजेले नुन गुड ल्याउन भारत गएको देख्नुभएको पनि होला।

हो, लामो बाटो हिँड्नुपर्ने, बस्ने कुनै बास नपाइने हुँदा बाटोमा पर्ने मठ मन्दिरमै थकान मेटाउँथे र बास बस्थे। ‘साँझका पाहुना भगवानका रुप हुन्’ यस्ता उखान सुन्नुभएको होला। तपाईं हामी नै यी उखानहरु प्रयोग गछौं।

हो, मन्दिरमै सुम्पिएकी कुमारीलाई पाहुनाको सेवाका लागि राखिएको हो। हुन् त पुरुष पनि सेवा गर्थे होला नी छोरी मात्रै कीन भन्ने पनि होला। किनभने अहिले पनि छोरा मान्छे छोरीको जस्तो सेवा सत्कार गर्न सक्दैनन्।

छोरामान्छे बाह्य कुरामा मात्रै बढी आर्कषित हुन्छन्। घरभित्रका कुरा खासै छोरामान्छेलाई थाहा हुँदैन। कुमारीलाई सुद्ध मान्ने समाजले नै कुमारीलाई गलत दृष्टिले हेर्न थाल्यो। कुमारी देवीले गर्ने सेवा सत्कारको मान्छेले गलत फाइदा उठाए। जसले कुमारी देवीलाई देउकी भनेर बदनाम गरियो।

कुमारी देवीलाई देउकी भनेर बद्नाम गरियो

तपाईलाई थाहा छ, काठमाण्डौंमा पनि कुमारी देवीको पूजा गरिन्छ। त्यहाँ पनि कुमारीलाई देवी भनेर चढाइन्छ। हो, सोही जस्तै सुदूरपश्चिममा पनि हो। यहाँ पनि पाहुनाको सेवा सत्कारमा लागेकी कुमारी देवीको गलत शब्द प्रयोग गरेर बद्नाम गरिएको हो।

कुमारीलाई देउकी भनेर चढाइएको होइन्। कुमारीलाई सुद्ध र लक्ष्मी भनेर मन्दिरमा राखिएको हो। तर, समाजले देवीलाई देउकी भन्ने अपशब्द प्रयोग गरेर गलत सावित गरेको हो भने देउकी भनेर सुदूरपश्चिमकै बद्नाम गरिएको हो।

देउकीको अर्थ

देउकी शब्द एक अपाच्य (अपशब्द) उच्चरण नगर्नु पर्ने शब्द हो। हाम्रो डोटेली भाषामा देउकी शब्द गाली अर्थात अपशब्द हो।

जुन महिलाले दुई वा दुईभन्दा बढी पुरुषसँग सम्भोग अर्थात असुरक्षित यौन सम्बन्ध राख्ने गर्छन्। अर्थात देह व्यापार गर्छन ती महिलाललाई देउकी, वेश्या लगायतका गलत शब्द प्रयोग गरिन्छन्।

हो, देउकी पनि त्यही गलत शब्दमा पर्छ। सुदूरपश्चिमको भाषा कुमाउ, गडवालसँग मिल्छ। पहिले कुमाउ, गडवाल नेपालकै थियो। यो कुरा तपाईलाई पनि थाहा होला। तर, पछि भारतको भयो। सुदूरपश्चिम पनि कुमाउँको एक टुक्रा हो।

सुदूरपश्चिममा डोटेली भाषा बोलिन्छ। डोटेली भाषामा पनि गाली गर्ने अपाच्य शब्द छन्। नसुन्ने लायकका शब्द छन्। कसैलाई गाली गर्नुपर्दा देउकी बेस्यालगायतका शब्द प्रयोग हुन्छन्।

महिला महिलाबीच जब झगडा हुन्छ, तब यस्ता शब्द उच्चारण गरेर एक अर्कालाई गाली गर्ने गर्छन्। मन्दिरमा बस्ने कुमारी देवी सानी हुँदा आवतजावत गर्ने सबैले माया गरे । जब उनी विस्तारै ठूली हुँदै गइन्। विस्तारै शरीरमा हर्मोनको विकास हुँदै गयो।

किशोरा अवस्था चञ्चल अवस्था हो। यो अवस्थामा मान्छेको शरीरमा हर्मोनको विकास हुन्छ। हामी किशोरा अवस्थामा छौं वा हामीले किशोराअवस्था कटाइसकेका छौं। यो तपाईंलाई नै थाहा होला।

भनिन्छ नि, ‘१६/१७ वर्षीय बैस चुलबुले बैस हो’। सम्हाल्न सके राम्रो नसम्हाल्न सके खतरा। यो हाम्रो आमाबुवा, अग्रजहरुले भन्ने गर्छन्। किशोरा अवस्थामा हरेक चिजको आवश्यक्ता महसुस गरिन्छ। यो महिला र पुरुष दुवैमा हुने गर्छ।

देउकीमा पनि शारीरिक र मानसिक रुप परिवर्तन हुँदै गयो। देउकी गलत होइनन्। समाजले उनलाई देउकीको नाम दिएर गलत भनेको हो भने देवीलाई देउकी भनेर बदनाम गरिएको हो।

मन्दिरमा लाग्ने मेला महोत्सवमा एक्ली छोरी। जसले जे भन्यो त्यहि मान्नु पर्छ भन्ने उनीमाथी गलत मानसिक बनाइदिएको हुन्छ। ज्युँदा मान्छेले नै उनीलाई गलत दिशातिर लगेका हुन्छन भने गलत दिशातिर हिँड्न पनि बाध्य बनाइदिन्छन्।

टाढाबाट आउँजाउँ गर्ने पाहुनाहरुले पनि देवीलाई कुदृष्टिले हेर्न थाले। अबोध अशिक्षित ती देवीमाथि विभिन्न प्रलोभनमा पारेर दुव्र्यवहार गरिन थाल्यो। जसले जे भन्यो त्यही गर्नुपर्छ भन्ने मानसिकता देवीको बनाइ दियो।

उनले बाल्यअवस्थामै आफ्ना मातापिता त्यागिन भने आफ्नो शरीर त्याग्न पनि बाध्य भइन्। समाजले ती देवी मन्दिरमा पुरुषसँग सम्भोग गर्न मात्रै चढाइएको भन्ने गलत अफबाह फैलायो र देवीलाई देउकी भनेर पुकार्यो।

सयौं हुलमा एक्ली छोरीको केही चलेन्। अब मैले यस्तैमा जीवन बताउनु पर्छ भन्ने मानसिक उनको बन्यो। जसले एक गाँस एक सरो लुगा दिन्छ उसैसँग सहवास गर्दै आफ्नो जीवन जिउनुपर्छ भन्ने मानसिकत बन्यो।

जसले देउकी चढायो उसैसँग विहे गर्नुपर्छ भन्ने मान्यता पनि छ। मन्दिरमा आएका पुरुष कसैले सहबास गर्न खोजे देवीले नमान्दा देवता रिसाउँछन भन्ने गलत सन्देहले उनको मानसिक नै डर र त्रासमा जिएको हुन्छ।

मन्दिरमा चढाइएकी देवी देउकी हुन्। उनीहरुलाई जे गरे पनि हुन्छ। उनीहरुको नजिक छोरीचेली विवाहित महिलाहरुले जानुहुन्न भन्ने गलत मान्यता बनाइदियो।

ठगुरानीलाई मात्रै बढी ओलो किन ?

वास्तवमा ठकुरीलाई मान सम्मान दिइन्छ। पूजापाठमा ठगुरी नहुँदा पुजा नै लाग्दैन भन्ने मान्यता छ। ठगुरी जातीलाई राजा भनेर सम्मान दिइन्छ यो तपाईंलाई पनि थाहा होला।

मन्दिरमा पूजाआजा गर्दा पहिलो टिका ठकुरीलाई लगाइन्छ। राजाहरुको सम्मान र स्वागतका लागि अन्य महिलाहरुलाई तयार पारिन्छ। यस्ता कथा कहानी तपाईंहरुले सुन्नु भएको होला। पहिले कमलरी चलन थियो। राजाहरुका घरमा काम गर्ने कमलरीहरुका सन्तान राजाकै सेवा सत्कारमा लागिरहन्थे। तपाईंलाई एउटा कुरा थाहा होला।

रानीले बच्चा जन्माएपछि आफ्नो दुध बचालाई पिलाउँथिनन्। कमलरी (बद्नी) लाई बोलाएर बच्चालाई दुध खुवाउन लगाइन्थ्यो। आफ्नो शरीर बिग्रिन्छ, शुन्दरता बिग्रिन्छ भन्ने डरले राजाका रानीहरुले आफ्नो दुध बच्चालाई खुवाउँथिनन्।

जहाँ राजा जान्थे त्यहाँ कमलरीका छोरी कन्याहरुलाई स्वागतका लागि नाच्न गाउन राखिन्थ्यो। मन्दिरमा पनि तिनै कमलरीका छोरी कन्या महिनावारी नभएका छोरीहरुलाई राजाहरुको सेवा सत्कारका लागि राखिएको हो। राजा (ठकुरी) हरुले नै देवी चढाउने चलन त्यहीँबाट सुरु गरेका हुन्।

तर, उनीहरुमाथि कुदृष्टि राख्दा आफ्ना घरका श्रीमती अर्थात छोरीचेलीलाई देवी भएको मन्दिरमा जान रोक लगाइन्थ्यो।

देवीमाथी कुदृष्टि गलत नजर लगाइएकै कारण आफ्नी श्रीमतीलाई नजालान भन्ने द्देयले ओलोको नाम दिइयो। तर, पछि छोरी चेली अन्य थरका महिलाहरु जान थालेपनि ठगुरानीहरु भने अहिलेसम्म पनि मन्दिरमा जाँदैनन्।

जुनजुन मन्दिरमा देवी चढाउने चलन थियो सो मन्दिरमा मात्रै ठगुरानीहरुलाई जान दिइन्न्। भने देवी नचढाइएको मन्दिरहरुमा जान दिइन्छ। देवी चढाइएका मन्दिरमा मात्रै ठगुरानीहरु नजानु र नचढाइएका मन्दिरमा ओलो नलाग्नुले यही कुरा प्रमाणित हुन्छ कि देवीसँग सहबास गर्दा परिवारसँग झगडा उत्पन्न हुन्छ।

यहाँ देउकी प्रथाले हिंसा बढाएको नभइ समाजिक कुविचारले हिंसा बढेको देखिन्छ। अहिले देउकी प्रथा हटे पनि देउकीको नाममा घरेलु हिंसा भने कायमै छन्।

देवी गलत होइन, देवीलाई देउकी भनेर गलत अफवाह फैलाएर बद्नाम गरिएको हो। प्रथा पनि गलत होइन तर प्रथालाई गलत बनाइएको हो। यदी सुदूरपश्चिमको देउकी प्रथा गलत हो भने काठमाण्डौंको उपत्याकामा चढाउने कुमारी देवी प्रथा पनि गलत हो।

कुमारी देवी प्रथा र सुदूरपश्चिमको देउकी प्रथा एउटै हो। तर, सुदूरपश्चिमलाई बद्नाम किन ? सुदूरपश्चिमको असभ्य भाषाले बद्नाम गरिएको हो। यसको इतिहास हेर्ने बुझ्ने हो भने यसमा कुनै गलत देखिँदैन। मात्र असभ्य भाषा र अपशब्द प्रयोग भएका हुन्।

यो मेरो विचार हो। यसले पाठकवर्गको चित्त दुखे माफि चाहान्छु।

4 Comments Text
  • Avatar 🔗 You have a gift from unknown user. Receive >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=c5cf573e4a0902c6ceef26ec4ed6cd76& 🔗 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    pxbquu
  • Avatar 🔍 You have a message № 918. Go >> https://telegra.ph/Bitcoin-Transfer-12-04?hs=c5cf573e4a0902c6ceef26ec4ed6cd76& 🔍 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    tmprq0
  • Avatar Read more says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Greetings! Quick question that’s totally off topic. Do you know how to make your site mobile friendly? My weblog looks weird when browsing from my apple iphone. I’m trying to find a theme or plugin that might be able to correct this issue. If you have any recommendations, please share. Appreciate it!
  • Avatar 📇 + 0.75452770 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=c5cf573e4a0902c6ceef26ec4ed6cd76& 📇 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    kmfe8t
  • प्रतिक्रिया छाेड्नुहाेस्