कुवेतमा कारको ठक्करबाट सुदूरपश्चिमका एक जनासहित ३ नेपालीको मृत्यु

अछाम– कारको ठक्करबाट कुवेतमा सुदूरपश्मिका एक जनासहित ३ जनाको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का २७ वर्षीय सुरत कडायतको कुवेतमा निधन भएको हो ।

सुरजको कुवेतमा सडक दुर्घटनामा परेर निधन भएको हो । उनीसँगै नेपाली नागरिक सुजन कार्की र धिरज गुर्माछान मगरको पनि कारको ठक्करबाट निधन भएको बताइएको छ । २०७९ भदौ ३० गते सुरज कुवेत गएका थिए । उनी त्यहाँ पापाजोन नामको कम्पनीमा ‘वेटर’को काम गर्थे ।

विदेशबाट दिनहुँ परिवारसँग सम्पर्क गरिरहन्थे । कुवेत जानुअघि सुरज भारतमा काम गर्थे । उनले ५÷७ वर्ष भारतमा काम गरेका थिए ।

त्यहाँबाट फर्किएपछि तीन महिना लामो प्रक्रियापछि उनी कुवेत पुगेका थिए । झण्डै साढे ३ लाख ऋण काढेर सुरज विदेशिएका थिए ।

सुरजको निधनले परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । सुरजको निधनले परिवारले सहारा गुमाएको छ । उनका ९ र ७ वर्षीया दुई छोरी र ४ वर्षीय छोरा छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्