अछाम –अछामको एक घरमा आगलागी भई विभिन्न धनमाल जलेर नष्ट भएको छ । जिल्लाको ढकारी गाउँपालिका ४ ऐडी खर्क का पहले टमाटाको २ तले ३ कोठे ढुङ्गा माटोले बनेको खरले छाएको कच्चि घर जलेर नष्ट भएको छ ।
घर भित्र रहेको चुलोमा बालेको आगोबाट बुधबार अचानक आगलागी हुँदा घर भित्र रहेको नगद, भाँडाकुडा, लत्ताकपडा, अन्नपात लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
आगलागीबाट ऐडीको अन्दाजी ३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको बताईको छ । उक्त आगलगी बाट एउटा बाख्रा जली घईते भएको र अन्य मानविय क्षति नभएका प्रहरीले जनाएको छ ।
सुख्खायाममा आगलागीबाट विभिन्न प्रकारका क्षती हुने भएकाले सबैले सचेत हुन र विभिन्न बाहानामा खर फागलामा आगो नलागाउन हुन जिल्ला डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत दिलीप कुमार यादवले सबैमा अनुरोध गर्नु भएको छ ।
यदी आगो लागेको थाहा भएमा सबै मिलेर आगो निभाउँ र कसैले आगो लाएको पाइएकोमा त्यस्तालाई कडाभन्दा कडा कार्वाहि समेत गरिने बन कार्यालयले जनाएको छ ।