काठमाण्डौं : आइसिसी टी २० विश्वकपको तयारीमा रहेको नेपालले आज अभ्यास खेल आयरल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ए (आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ ।
नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी २० खेल खेल्नेछ। आज आयरल्याण्डसँग खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्दले खेल्ने छन् ।
त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी(२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ । सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २।२ वटा टी २० खेल खेल्ने तालिका छ ।










