बैतडी– १४औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा बैतडीलाई पदक दिलाउने तल्लो स्वराडका ४ जना खेलाडीलाई नगद पुरुष्कारसहित सम्मान गरिएको छ ।
कैलालीको धनगढीमा भएको सो सिल्डमा बैतडीको तल्लो स्वराड क्षेत्र पर्ने शिवनाथ गाउँपालिकास्थित हिरापुर माविमा अध्ययनरत विद्यार्थी सरीता चन्द, द्रोपति चन्द, लोकेन्द्र चन्द र लक्ष्मी दयाललाई नगद पुरुष्कार सहित सम्मान गरिएको हो ।
जिल्लालाई पदक दिलाउने चारै जनालाई विद्यालयले नगद पुरुष्कारसहित सम्मान गरेको हिरापुर माविका शिक्षक अशोक चन्दले बताउनुभयो ।
शिक्षक चन्दका अनुसार सरीता चन्द र द्रौपति चन्द भलिबल खेल तर्फ छनौट भएका थिए भने लोकेन्द्र चन्द र लक्ष्मी दयाल एथलेटिक्स खेल तर्फ छनौट भएका थिए ।
शिक्षक चन्दले भने, “आफ्नो स्कुलले उत्पादन गरेका खेलाडीहरुको खेलप्रतिको लगावले यो उचाइ प्राप्त गरी हाम्रो विद्यालय, गाउँपालिका मात्र नभइ सिङ्गो बैतडी जिल्लाको सिर ठाडो भएको छ । यसैगरी आउँदा दिनहरुमा पनि यस्तै खेलाडीहरु उत्पादन गरीने छ । प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन रहेकोमा अफुलाइ खुसी लागेको छ । खेलाडीहरुको प्रतियोगिताभरी राम्रो प्रदर्शन रहेको हुदा गर्व महासुस गरेका छौँ ।’’
सुदूरपश्चिम प्रदेश स्तरिय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बैतडी ५ गोल्ड ल्याउन सफल भएको थियो ।