बैतडी- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथी चौतर्फि प्रश्न उठीरहेका बेला पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ अभ्यासको थालनी गरेका छन् । ‘विद्यार्थीसंग अध्यक्ष’ कार्यक्रम मार्फत अध्यक्ष चन्दले सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरुको आक्रषण बढाउन बहस सुरु गरेका हुन् ।
कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसंग प्रत्यक्ष बहस तथा छलफल चलिरहेको छ । अध्यक्ष स्वयम उपस्थित भएर विद्यालय, विद्यार्थी र शिक्षकका समस्या समाधान गरी आगामी शैक्षिक गुणस्तर सुधारको रणनीति लगायतका बारेमा छलफल तथा शैक्षिक वहस संचालन भइरहेको कार्यक्रमका सहजकर्ता राइजनराम सार्कीले बताउनुभयो ।
विद्यालयको समग्र समस्या बुझ्न अध्यक्ष स्वयम विद्यालयमा उपस्थित हँदा विद्यार्थी, शिक्षक र विद्यालयको अवस्थाबारे थाहा हुने र भोलीको दिनमा त्यसलाई सुधार गर्न सजिलो हुने भएकाले यो कार्यक्रमको थालनी गरेको गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयोे “यो कार्यक्रमले पछिल्लो समय विद्यार्थीमा पढाईप्रतिको अरुची र अभिभावकहरुको सामुदायिक विद्यालयप्रतिको नैरास्यतालाई हटाएर सामुदायिक विद्यालयप्रति आक्रषण बढाउन मदत्त गर्ने छ ।”
यसका साथै पछिल्लो समय युवाहरुमा लागु औषध दुव्र्यासनी र नकरात्मक सोचको विकास भइरहेकोले यसलाई न्युनीकरण गर्न सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत कक्षाहरु संचालन भइरहेका छन् । युवा र विद्यार्थीलाई लागु औषधदुर्वेशनी न्युनीकरण र सकरात्मक सोचको विकास गर्नको लागि कक्षा संचालन गरिएका हुन् ।