आइसीसी पेजमा भाइरल तस्बिर : ‘नेपालको खेल चन्द्रमामा राखेपनि नेपाली समर्थक त्यहाँ पुग्नेछन्’

ड्यालसमा जस्तै नेपाली समर्थकहरू फ्लोरिडामा पनि नेपाली ब्रोवर्ड काउन्टी रङ्गशालामा बर्सादी र छाता ओढेर प्रतीक्षारत थिए। बिहानैदेखि निरन्तर वर्षा भइरहे पनि विभिन्न ठाँउबाट फ्लोरिडा आएका समर्थकहरू खेल हुने आशामा दुई घण्टाअगाडि नै रङ्गशालामा पुग्न थालेका थिए।

नेपाली टोलीको नीलो र रातो जर्सी लगाएर रङ्गशालामा उपस्थित भएकाका समर्थकहरूले आफ्नो सामाजिक सञ्जालमा पानीमा भिजेरै खिचिएका तस्बिर राखेका छन्। कुल १४ हजार दर्शक क्षमता भएको उक्त रङ्गशालामा खेल रद्द हुनुअघि झन्डै ५ हजार जना पुगिसकेका थिए।

त्यहाँ पुगेका नेपाली समर्थकहरूले गीत गाउँदै खेल हुने प्रतीक्षामा बसे।

नेपाली समर्थकहरूले रङ्गशालामा पुर्‍याएको एउटा ब्यानरको तस्बिर आईसीसी र क्रिकेट असोसिएशन नेपालसहितले सामाजिक सञ्जालमा राखेपछि ुभाइरलु बन्यो। त्यसमा अङ्ग्रेजी भाषामा लेखिएको थियो, “यदि आईसीसीले नेपालको खेल चन्द्रमामा राख्यो भने पनि नेपाली समर्थकहरू त्यहाँ पुग्ने छन्।”

उनीहरूको प्रतिक्रिया थियो, “खेल भएको भए निकै मज्जा हुने थियो। खेल हेर्न नपाएकोमा दुःखी छौँ। तर नेपाल विश्वकपमा छ र समर्थकहरूले निरन्तर साथ दिने कुरा हामीले प्रमाणित गरेका छौँ।”

नेपालको खेल हेर्न फ्लोरिडास्थित रङ्गशालामा सयौँ नेपाली समर्थकहरू गएका थिए। खेल स्थगित भए पनि उनीहरूले हर्षोल्लास गरे।

दर्शकप्रति सम्मान व्यक्त गर्न नेपाली खेलाडीहरूले मैदानमा ओर्लिएर उनीहरूलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया छाेड्नुहाेस्