विपन्नलाई आयआर्जनमा सहयोग गर्दै दशरथचन्द नगरपालिका

बैतडी बैतडीको दशरथचन्द नगरपालिकाले आर्थिक रुपमा पछाडी पारिएका, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जमामा सहयोग पु¥याउन बाख्रा, कुखुरा तथा पोलिहाउस वितरण गरिरहेको छ ।

दशरथचन्द नगरपालिकाले दुई सय बढी विपन्न, दलित, अपाङ्गता भएका तथा आर्थिक रुपमा कमजोर परिवारहरुलाई उनिहरुको आयआर्जनमा सययोग पु¥याउने उद्देश्यले बाख्रा, कुखुरा वितरणको काम गरिरहेको छ ।

दशरथचन्द नगरपालिकाले ११ वटै वडामा वडा कार्यालयको सिफारिस अनुसार विपन्न परिवारको जिवीकोपार्जन होस भनेर निशुल्क बाख्रा, कुखुरा र पोलिहाउस वितरण गरिरहेको नगर उपप्रमुख कौशीला चन्दले बताउनुभयो । अनुदान पाउने किसानलाई बाख्रापालन र कुखुरापालन व्यवसायिक रुपमा दिर्घकाल सम्म गर्न उपप्रमुख चन्दले आग्रह समेत गर्नु भयो ।

संघीय विषेश आयआर्जन अनुदान कार्यक्रम अन्र्तगत नगरपालिकाले विपन्न परिवारहरुलाई सहयोग गरिरहेको हो । नगर उपप्रमुख चन्द वितरण कार्यक्रममा प्रत्यक्ष आफै उपस्थित भएर कार्यक्रमको बजेट अनुसारका बाख्रा कुखुरा छनकी छैनन् भनेर अनुगमन समेत गरिरहेका छन् । पाएको अनुदानलाई दिर्घकालिन सम्म गरि व्यवसायिक वनी आत्मनिर्भर वन्न नगरपालिकाका कार्यपालिका सदस्य दिनेश सिनाले समेत किसानहरुलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्