माओवादी केन्द्र बैतडीको वडा र पालिका सम्मेलन मङ्सिर भित्रै

बैतडी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वडा र पालिका तथा नगर सम्मेलन मङ्सिर भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैतडीको पाटनमा बसेको पार्टीको विस्तारित बैठकले वडा सम्मेलन यही मंसिर १६, १७ र १८ गते भित्र भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको जिल्ला सचीव रमेस चन्दले बताउनु भयो ।

मंसिर २५ देखि मंसिर ३० गतेसम्म १० ओटै पालिकामा सम्मेलन सम्पन्न गर्ने, सद्स्यता नवीकरण जस्ता निर्णय भएको जिल्ला सचिव चन्दले बताए । 

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर) प्रमुख अतिथी रहेका थिए । यस्तै बैठकमा केन्द्रीय सदस्य दलबहादुर धामी, प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवर, प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) प्रदेश कमिटि सदस्य धर्मसिह ऐर (कपील) कमल सिह बोहरा (अपी) लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया छाेड्नुहाेस्