बैतडीको पञ्चेश्वरमा लाग्ने धुरा जात्रा भोलि र पर्सि : गाउँपालिकाले दियो बिदा

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाको वडा नं –४ स्थित धुरा कैलपाल मन्दिरमालाग्ने धुरा जात्रा भोलि( बिहीबार) र पर्सि (शुक्रबार) लाग्ने भएको छ ।

मेलाकै उपलक्ष्य मा गाउँपालिकाले बिदा दिएको छ । धुरा कैलपालमा मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुईदिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।

भोलि र पर्सि गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा रहेको उनले बताए । 
जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गर्दछ्न । 

धुरा कैलपाल मन्दिरको जात्रामा सहभागी हुने दर्शनार्थीहरुको सहजताका लागि गाउँपालिकाले खानेपानीको व्यवस्थापन गरेको छ ।

स्थानीय मेलालाइ सभ्य र भव्यताका साथै शान्तिपुर्ण तरिकाले मनाउन हुन गाउपालिका उपाध्यक्ष बिना भट्ट ले सबैमा आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्