बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षमा निर्माण हुने योजनाहरुको उपभोक्ता समिति गठन पक्रिया अगाढी बढाएको छ ।
पालिकाले चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरुको उपभोक्ता समिति गठन गर्न सबै वडा कार्यालयलाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश पार्कीले जानकारी दिनु भयो ।
पन्चेस्वर गाउँपालिका उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधी २०७९ बमोजिम समिति गठन गरि योजना सम्झौताको लागि पालिकामा पठाउने पत्र मार्फत निर्देशित गरेको छ । पौस १५ भित्र उपभोक्ता समिति मार्फत संचालन गरिने योजनाको सम्झौता सम्पन्न गरि निर्माण कार्य अगाढी बढाईने प्रमुख प्रशासकिय अधिकृत पार्कीले बताउनु भयो ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा १३० जती निर्माण योजना उपभोक्ता समिति मार्फत सन्चालन गर्ने र केहि ठुला योजना ठेक्का मार्फत निर्माण गरिने गाउँपालिकाको योजना शाखाले जनकारी दिएको छ ।
उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरुको सहजीकरणको लागि गाउँपालिकाले उपभोक्ता समितिलाई योजना किताब उपलब्ध गराउने र योजनालाई तोकिएको समयभित्र उपयुक्त गुणस्तरमा सम्पन्न गर्न सकेसम्म सबै वडाहरूमा प्राविधिक लगाएत अन्य आवश्यक सहयोग गरिने गाउँपालिकाको भौतिक पुर्वाधार शाखाले जानकारी दिनु भएको छ ।













