बैतडीमा एक जना विद्यार्थीकोे निस्सासिएर मृत्यु

बैतडी : बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको सुत्ने कोठामा निस्सासिएर मृत्यु भएको छ ।

सुर्नया गाउँपालिका –५ घर भई हाल ज्ञानेश्वर माविमा प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको शुक्रबार निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिनु भएको छ ।

शनिबार बिहान बिष्ट नउठेपछि उनले बस्दै आएको कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्कालै उनलाई उपचारका लागि डडेल्धुरा अस्पातल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सहायक प्रधानाध्यापक धन बहादुर महराले बताउनु भयो ।
प्राविधिक शिक्षा अध्ययनका लागि यसै शैक्षिक सत्रमा ज्ञानेश्वर माविमा भर्ना भएका बिष्टको निधनले विद्यालय परिवार शोकमा डुबेको छ ।

चिसोको मौसममा सुत्ने कोठामा आगोको कोईला राखेर सुत्दा झ्याल ढोका बन्द गरेर नसुत्न चिकित्सकहरुले आग्रह समेत गर्नु भएको छ । सुत्ने कोठामा झ्याल ढोका बन्द गरेर कोईला राख्दा अक्सीजनको कमी भई निस्यासियर मृत्यु हुने हुँदा यस्तो नगर्न उनीहरुको आग्रह छ ।

प्रतिक्रिया छाेड्नुहाेस्