कांग्रेसमा आवद्ध जेष्ठ नागरिकलाई सम्मान गर्दै बैतडी कांग्रेस

बैतडी : बैतडीमा नेपाली कांग्रेसले कांग्रेसमा आवद्ध जेष्ठ नागरिकलाई सम्मान गरिरहेको छ । कांग्रेस बैतडीले वडा सम्मेलन गर्दै सम्मेलनमै २०४८ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहेका र पछि सदस्याता लिएका ७० बर्ष पुगेका नागरिकलाई सम्मानपत्र सहित सम्मान गरिरहेको छ ।

नेपाली कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमितिले निर्णय गरेर वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बताउनु भयो । सम्मेलन अन्तर्गत पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीमा नयाँ सदस्यहरुलाई आबद्ध गराउने, नेपाली कांग्रेसको नीति र विधानको बिषयमा जानकारी दिने, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापती चन्दले जानकारी दिनु भयो ।

वडा सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको संगठन विस्तारका लागि आफूहरु सक्रिय रहेको बताए । पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू लचकताकासाथ अघि बढीरहेको बताए । वडा सम्मेलनमा सभापति चन्दकासाथै पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको छ ।

बैतडीका ८४ ओटै वडामा आगामी फागुनभित्र वडा सम्मेलन गरिसक्ने लक्ष्य राखिएको छ भने त्यसपछि १० ओटै पालिकामा पालिका सम्मेलन हुँदै जिल्ला सम्मेलन गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्