बैतडी : नेकपा एमाले बैतडीको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम चलिरहेकोे छ । डिलासैनी गाउँपालिकाको पालिका स्तरिय प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमै नेपाली कांग्रेस, स्वतन्त्र र माओवादीबाट दर्जन नेता कार्यक्रताहरुले एमालेमा प्रवेस गरेका छन् ।
२०७४ को निर्वाचनमा उमेदवार रहनु भएका नेपाली कांग्रेसका राजेन्द्र जागरी, प्रेम सिह धामी, बिर दत्त जोशी, स्वतन्त्रबाट डिलासैनी गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का अध्यक्ष यज्ञ राज भट्ट (यदु) प्रजपती जोशी, विरेन्द्र नाथ, तेजराज जोशी, गणेस वहादुर बोहरा, माओवादी केन्द्रबाट जिल्ला कमिटी सदस्य जनक धामी, खडक सिह धामी, अमर सिह धामी र बीर सिह धामीले एमालेमा प्रवेस गरेको नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष नरेस विकले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा कम्युनिस्ट पार्टीको इतिहास, स्थानीयतहको योजना तथा कार्यक्रम छनोट विधि, संगठन व्यवस्थापन, नेपालीको राजनीतिक दलहरुको तुलनात्मक अध्यन तथा शक्ति सन्तुलनको अवस्था, नेतृत्व विकास, महिला अधिकार तथा राजनीतिक उपलब्धि र नेता कार्यकर्ताहरुले अपनाउनु पर्ने कार्यसैली अचारसहिता र व्यवहार को विषयमा प्रशिक्षण दिइएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पार्वती भट्टले बताउनु भयो
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्ट, बैतडीबाट निर्वाचित प्रदेससभा सदस्य एवम् सुदूरपश्चिम प्रदेसका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, जिल्ला अध्यक्ष नरेश वि.क, उपाध्यक्ष लोकेन्द्र भण्डारी, उपसचिव पार्वती भट्ट लागायतका नेताहरुले प्रशिक्षण दिनुका साथै नया पार्टी प्रवेसीहरुलाई प्रवेस गराएका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रत्येक वडाका पदाधिकारी, पालिकाकमिटिका पदाधिकारी, पालिका भुगोलका जिल्ला कमिटी सदस्यहरु उपस्थिति रहेको थियो । जनताको समस्या बुझी समाधान गर्नुका साथै जनताको लोकपृय पार्टी नेकपा एमाले रहेकोले आफुहरुले पार्टी परीत्याग गरी एमालेमा प्रवेस गरेको नया प्रवेसीहरुले बताउनु भएको छ ।