बैतडीमा भन्सार छलीका समान बरामद

बैतडी : बैतडीमा भन्सार छलीका समान बरामद गरिएको छ । दसरथचन्द नगरपालिका स्थित अदरपिण्डा सडक किनारबाट भारतबाट ल्याइएको भन्सारछलीको समान बरामद गरिएको छ ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सारछली गरी ल्याइएको अन्दाजी ४२ हजार ५०० बराबरको अबैध रुपमा ल्याईएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

चिनी, मिस्री, गुड, गुडपट्टी, दाल, चक्लेट, बिडी, चप्पल र बदाम सडक छेउमा बेबारीसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । समान बेबारिसे फेला पर्ने तर त्यस्को समान धनी कहिले पनि फेला नपर्ने बैतडी प्रहरी र शसस्त्र प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया छाेड्नुहाेस्