बैतडी पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर खस्कीएको भन्ने अवाज उठीरहेका बेला बैतडीमा स्थानीयतहका शिक्षा शाखा प्रमुख र सरोकारवालहरु विच अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परिक्षण केन्द्रले शिक्षा विकास तथा समुन्वय इकाई तथा स्थानियतहका शिक्षा प्रमुखहरुको लागि कार्य सम्पादन परिक्षण सम्बन्धि अभिमुखि करण कार्यक्रम गरिएको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनु भयो ।
परिक्षण केन्द्रले देसभरको शैक्षिक उपलव्धी मापन गरी शैक्षिक निकायहरुको कार्यसम्पादन परिक्षण गरि त्यस्को अधारमा सरकारलाई सुझाव दिने कार्य गर्ने भएकाले बैतडीमा पनि यो अभिमुखीकरण कार्यक्रमबाट जिल्लाको शैक्षिकस्तरमा सुधार हुने शैक्षिक गुणस्तर परिक्षण केन्दका निर्देशक दामोदर चपागाईले बताउनु भयो ।
तिनदिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमले जिल्लाका शैक्षिक अवस्थामा सुधार ल्याउन शिक्षा शाखा प्रमुखहरुलाई सहयोग पुग्ने हुनाले अभिमुखिकरण कार्याक्रम महत्वपूर्ण भएको बैतडी जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र सिह धामीले बताउनु भयो । कार्यक्रममा दश वटै पालिकाका शिक्षाशाखा प्रमुख, शिक्षा समुन्वयका कर्मचारी र सरोकारवाहरुको उपस्थिती रहेको थियो ।