बैतडीमा चट्याङ लागेर दुई जना घाइते

बैतडी– बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन्।

जिल्लाको पाटन नगरपालिका–७ किम्तोलीका २५ वर्षीया निर्मला चन्द र १२ वर्षीया अनिता भट्ट चट्याङ लागेर घाइते भएका हुन्।

सोहि ठाउँमा आज बिहान विद्युत पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार घाइते भएका दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। त्यस्तै, चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दको एक भैँसी र दीपक दमाईको एक गोरु मरेको छ।

प्रतिक्रिया छाेड्नुहाेस्