अवैध सम्झौता गरेका मेलौली र पाटनले पठाउन सकेन कामदार

बैतडी : बैतडीको मेलौली र पाटन नगरपालिकाले गैरकानुनी रुपमा युवाहरुलाई बिदेश पठाउन कोरिएको एक निजी कम्पनी संग धमाधम सम्झौता गरेका थिए ।

स्थानीय तहले संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर दुईटै नगरपालिकाले कोरियाको एउटा कम्पनीसँग कृषि क्षेत्रमा मौसमी कामदार पठाउने अवैध सम्झौता गरेका थिए ।

अवैध सम्झौता गरेको एक वर्ष हुँदा सम्मपनि दुईवटै नगरपालिकाले एक जना पनि कामदार पठाउन सकेको छैन । मौसमी कामदार पठाउने भन्दै पाटन र मेलौली नगरपालिकाले कोरियाको एउटा निजी कम्पनीसँग एक वर्षसम्ममा कामदार पठाउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

जबकि संघीय सरकारले कामदारका रुपमा नेपाली नागरिकलाई विदेश पठाउने अधिकार स्थानीय तहसँग नभएको भन्दै यस्तो कार्य भएमा गैरकानुनी हुने भनी विज्ञप्ती जारी गरेको थियो ।

संघीय सरकारको निर्देशन र परिपत्रलाई लत्याउँदै २ वटै स्थानीय तहले कोरियाको डोङबाङ डीएस सिस्टम लिमिटेड नामक कम्पनीसँग कामदार पठाउने सम्वन्धि ५ बुँदे सम्झौता गरेका थिए ।

सम्झौता गरेको भएपनि परराष्ट्र मन्त्रालयले रोक्दा कामदार पठाउन नसकेको पाटन नगरपालिकाका तर्फबाट सम्झौता गरेका नगर उपप्रमुख कमल सिह बोहराले बताउनु भयो ।

आवस्यक कानुन बन्न नस्कदा सम्झौता गरेको भएपनि कामदार पठाउन नसकेको मेलौली नगरपालिकाका नगर प्रमुख भिमचन्दले बताउनु भयो । मेलौली नगरपालिकाका तर्फबाट वडा नं. ७ का वडा अध्यक्ष लोकराज भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुईवटै स्थानीय तहले एकसाताको अवधिमा हतार हतार यो कम्पनीसँग सम्झौता गरेका थिए । गरिएका सबै सम्झौताको व्यहोरा समेत एउटै थियो । आफ्नो क्षेत्राधिकार र कार्यविधि अध्यायन नगरी सस्तो लोकपृयताको लागि गरिएको यो सम्झौताको कुनै अर्थ नभएको नागरीक समाजका अगुवाहरु बताउछन् ।

प्रतिक्रिया छाेड्नुहाेस्