पाँच दिनसम्म बन्धक बनाइ बालिकामाथि बलात्कार गर्ने दार्चुलाका एक युवक भारतमा जेल गए

दार्चुला– दार्चुलाका एक युवक जबरजस्ती करणीमा भारतमा जेल परेका छन्।

भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रविसिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ।

मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई पाँच दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप थियो।

प्रहरीले २०७७ भदौमा जबरजस्ती करणी आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए।

रविलाई दोषी ठहर गर्दै अदालतले २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको छ।

१६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्।

1 Comments Text
  • دانلود کننده ویدیو برای TikTok says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    of course like your website but you have to check the spelling on several of your posts A number of them are rife with spelling issues and I in finding it very troublesome to inform the reality on the other hand I will certainly come back again
  • प्रतिक्रिया छाेड्नुहाेस्